Friday, July 31

#

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारको सीमा घटायौं : अर्थमन्त्री

#
१० माघ,काठमाडौं।अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।  कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेको भन्दै उनले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको स्पष्ट पारे। बैंक तथा वित्तीय संस्थाहरूले राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने उनको भनाइ छ । फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन् ।  धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित,क्षमतामा आधारित,आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट ल...

‘रेलवे म्युजियम’ बनाउने तयारीमा वीरगञ्ज महानगर,झाडी तथा फोहर हटाइयो

#
१० माघ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ । सोही अवसरमा उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना,झाडी,अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ कार्यक्रम गरिएको छ । महानगरको गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।  उनले वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना,सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुनः प्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।  कार्यक्रम नगरप्रमुख  सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताएका छन् । नेपालमा र...

काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

#
१० माघ,काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ ।हालै चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार,लगानी,पारवहन,भन्सार सहजीकरण,प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले गरेका थिए ।चीनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङ स्वायत्त ...

पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

#
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता जनाउँदै उनले आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले उल्लेख गरेका छन्, । ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ सभापति थापाले थपेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले आज शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए । शुक्रबारको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरिसकेको छ । विभिन्न ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उप–सभापति विश्वप्रकाश शर्माले बताएका छन्। उप–सभापति शर्माका...

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए : निर्वाचन आयोग

#
९ माघ,काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।१० गते समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ। आयोगका अनुसार आज बेलुका ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिदैं छ। उ...

विभिन्न संस्थाका सामाजिक सञ्जालका ९८ पोष्ट हटाउँदै निर्वाचन आयोग

#
९ माघ,काठमाडौं ।निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित संस्थालाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचनाको गलत तरिकाले प्रचारप्रसार भएकाले ति सामग्रीहरु हटाउन सोही अनुसार पत्राचार गरिएको हो ।  ९८ वटा प्रसारित सामग्री गलत ठानिएकोले कारबाहीका लागि पत्राचार गरेको र तत्तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको बताइएको छ। पाठकलाई गलत सूचना नपुगोस् भनेर फ्याक्ट चेकका लागि  पनि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरेको उनले आज शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत बताएका छन् । आचारसंहिता कार्यान्वयनका लागि आयोगमा कार्यदल नै बनाएर काम भएको उनको भनाइ छ ।  ...

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

#
९ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र ढङ्गले मर्यादित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ। नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा सो विषय गरिएको उल्लेख छ । विज्ञप्ति मार्फत निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल,उम्मेदवार,सरकारी निकाय,सुरक्षाकर्मी,सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता पालना गर्न आह्वान गरिएको छ । स्वच्छ,निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो।अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी,सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ। जारी विज्ञप्तिमा भनिएको छ ।  सुरक्षा निकायलाई निर्वाचन...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो,पहाडी तथा हिमाली भागमा मुख्यतया सफा

#
हाल देशमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। उता आज राति पनि तराईका भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ।देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।...

ट्राफिक सप्ताह सुरु

#
२५ पुस, काठमाडौं।दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ। आज शुक्रबारदेखि एक हप्ता संचालन हुने र माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताए। ‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ उनले भने।  ...

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु

#
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधान विपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय सदस्यहरू रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाई, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे सहभागी छन् ।त्यस्तै, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बालकृष्ण खाण, गुरु बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस...