Tuesday, July 28

निरन्तर संगीतमा मंगल, जहाँ गयो त्यहीँ व्यस्त

बुद्धिबल वि.क. र मिठीमाया वि.क.को कनिष्ठ पुत्रका रुपमा दुईवीस वयअघि लम्जुङको जिता ९ मा जन्मनुभएका मंगल वि.क. त्यहाँको गाउँबस्ती र विद्यालयबाट भरतपुर १६ शान्तिदीप टोल हुँदै देशविदेशका अनेक शहरमा पुगेको नाम हो । केही दशकदेखि विदेश नगएको नेपालीको घर भेट्न गाह्रो छ । विदेश जानु ठूलो कुरो होइन । तर, यो भरतपुर १६ का बस्तीमा बस्ने हस्तीहरुको कथाको सुरुवाती श्रृङ्खला हो । नारायणघाट शहरबाट १० किलोमिटर सेरोफेरो दक्षिण पश्चिममा अवस्थित गाउँ भन्न मिल्ने यस वडामा करिब २० हजार हाराहारीको जनसंख्या छ । तर ती सबै मंगलजस्ता प्रतिभाशाली देखिएका छैनन् । देखिएका केहीमध्ये उहाँको स्थान अलग छ ।
उहाँकै भनाइलाई पछ्याउँदै मादलभन्दा सानो हुँदाखेरि नै घरपरिवार र स्कुलको प्रेरणाले मादल बजाउन सुरु गरेदेखि अहिलेसम्म मादललाई छोड्नुभएको छैन । सबैजसो वाद्यवादनमा पोख्त मंगलको मंगलकार्यको सम्मानका लागि प्राथमिकताको पहिलो नंबरमा पर्ने सौभाग्य जुरेको हो । ललितकला क्याम्पस हुँदै भारतमा समेत संगीत शिक्षा आर्जन गरेर संगीत साधनालाई निरन्तरता दिनुभएको छ । गीत लेख्ने, नाच्ने गाउने र बजाउने कलाका सशक्त प्रतिभा मंगलले जीवनलाई संगीतबाट सार्थक तुल्याउनु भएको छ ।
आप्mनै स्वरमा केही एल्बम निकाल्नुभए पनि उहाँले आपूmलाई गायकभन्दा संगीतकार भन्न रुचाउनुहुन्छ । दुई सय भन्दा बढी गीतमा संगीत भर्नुभएका मंगलले रेकर्डिष्टका रुपमा पनि काम गरेर रेकर्डिङ प्रविधिमा प्राविधिक दक्षता देखाउनु भएको छ । गीत संगीतका सबैजसो विधामा कर्म गर्ने ल्याकत बनाउनुभएका उहाँको हँसिलो अनुहारसँगैको नरम बोली व्यवहार, लगनशिलता र इमानदारिताले प्रतिभालाई चन्द्रमामा चाँदनी लगाइदिएको छ ।
लोकगीतलाई माया गर्दै नारायण गोपालका आधुनिक गीतका प्mयान मंगलको खुबी आधुनिक गीत गाउन र संगीत भर्न सक्नु पनि हो ।
उहाँका केही गीतका एल्बमहरूमध्ये तनहँु बन्दिपुर, पच्छ्याउनलाई छाड्यो छायाले, सधँै ठेस लाग्छ, चन्द्र सुर्य, म तिमीलाई माया गर्छु, हे कान्छी, सिम सिम पानीले, फर्क परदेशी, गल्ति, पैसा पैसा, मेरो लम्जुङ सुनेर पनि उहाँको प्रतिभा चिन्न थप सहयोग पुग्नेछ ।
संगीत साधना र सामाजिक भावनाले ओतप्रोत मंगलले लम्जुङ सेवा समाज कतारद्वारा सम्मानित हुन पाएको खुशी मात्र साट्नु भएन विभिन्न अवार्ड र पूर्वराष्ट्रपतिबाट सम्मानित भएको हर्ष पनि बाँड््नु भयो । कहिले दोहोरी साँझको मनोरञ्जनमा त कहिले महोत्सवहरुको माहोलमा रमाउँदै विदेश बसाइको जीवन भोग्नुभएका उहाँले संभवतः अबका केही वर्ष पारिवारिक वातावरणको आनन्द लिदै यतै समय बिताउने बताउनु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र दलित एकता सञ्जालमा आबद्ध उहाँले संगीतकारको भूमिकामा देशमा कर्णालीका केही जिल्ला छोडेर अन्य सबैजसो जिल्लाका कार्यक्रममा आप्mनो प्रस्तुति दिइसक्नुभएको छ ।
विदेशमा कतार, युएइ, युरोपका आधा दर्जन देश, जर्जीया, थाइल्यान्ड र भारत लगायतका देशमा पनि संगीत कार्यक्रममै आप्mनो प्रतिभा प्रष्फुटन गराउनु भएको छ ।
आप्mनो लगाव अनुसारको कर्म गर्दा लागेको खुशी र मिलेको सन्तुष्टिमा कसैले विश्वासघात गर्दा असाध्यै दुःख लाग्ने उहाँको धारणा छ ।
मंगलको विचारमा अग्रजलाई सम्मान, समकालीनलाई माया र नयाँलाई प्रोत्साहन गर्नुपर्ने खाँचो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ ।
घर छोडेर पर पुगेर गीत संगीतको रस्वादनमा रमाउनुभएका उहाँ अहिले भरतपुर १६ शान्तिदीप टोल अर्थात आप्mनै गाउँघरमा घरपरिवारसँग मात्र रमाउनुभएको छैन स्कुलका नानीबाबुलाई संगीत सिकाउँदै स्कुलमा रमाउनुभएको छ । स्थानीय संघसंस्थाको अनुरोधमा स्थानीयलाई मादल सिकाउँदै मादलको तालसँगै स्थानीय छिमेकीसँग मानप्रतिष्ठासहित रमाउनु भएको छ । तै पनि आपूm जन्मे हुर्केको लम्जुङको माया र त्यहाँ बिताएको बालापन उहाँका लागि मीठो आनन्द हो रे ।
चर्चित गायक उदित नारायण झा सँंगको सहकार्यमा संगीतकर्म गर्ने इच्छा जताउनुभएका उहाँको इच्छा छिट्टै पूर्ण होस् भन्दै सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।