Wednesday, June 3

रेडियो/टीभी बुलेटिन

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनु...
पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो । बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोग...
टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक्नुभएका थापाको पुनः अप्रेशन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो । शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका थापाको टाउकोमा अप्रेशनपछि दुईवटा स्टिल प्लेट राखिएको छ । अप्रेशन गर्नेक्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पहिलो अप्रेशन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आउनुभएका थापाका लागि यसअघि पनि चन्दा सङ्कलन गरेरै अप्रेशन गरिएको स्थानीयले बताएका छन् । अप्रेशनअघि थापाको आँखा राम्ररी नदेख्ने तथा कान नसुन्ने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । अप्रेशनपछि केही सुधार देखिए पनि करिब तीन मह...
सुवास चाम्लिङको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

सुवास चाम्लिङको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आफ्नो नयाँ जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । नेकपा एमाले खोटाङले हलेसी तुवाचुङ नगरपालिका निवासी सुवास चाम्लिङ राईको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्सको जिल्ला समिति गठन गरेको हो । जिल्ला फोर्सको सहकमाण्डमा नयन राई, सुपेन राई, सुहाङ राई, राम तामाङ, पुष्कर राई र ज्ञानबहादुर तामाङ चयन हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा बुधबार दिक्तेलमा आयोजित भेलाले पालिकास्तरीय कमाण्डसमेत चयन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिका बाहेक सबै स्थानीय तहमा पालिकास्तरीय कमाण्ड तोकिएको नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर सचिवालय सदस्य दिलचक्रम राईले जानकारी दिनुभएको छ । सदस्य राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विजय लामा, हल...
रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व. आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा परिवारका सदस्यले स्थापना गरेको रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकातर्फ सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठ रहनुभएको छ । छात्रातर्फ शारदा उच्च माध्यमिक विद्यालय खार्पाको कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ का ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई छात्रवृत्ति अन्तरगत पुरस्कृत गरिएको जनाइएको छ । पुरस्कृत हुने उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेव...
भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको अन्त्येष्टि गरिएको हो । विष्फोटमा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार अन्त्येष्टि गरिएको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । “विष्फोटका कारण ज्यान गुमाउनुभएका सबै जनाको शव गलेको अवस्थामा थियो । विष्फोटपछि कोइलाखानीभित्र लागेको आगोले डढेको शव नेपाल निकाल्न धेरै खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरिय...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरु गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका बिरामीको स्वास्थ्य शिविर आयोजना गरेर निःशुल्क उपचार गर्न नगरपालिकाले स्क्रिनिङ अभियान सुरु गरेको हो । आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित स्क्रिनिङ अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएर स्वास्थ्य परीक्षण गराउनेमध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको जनाइएको छ । पिसाब सम्बन्धी समस्या देखिएकाहरुलाई मिर्गौला परीक्षण गराउन जिल्ला अस्पताल दिक्तेल जान सल्लाह दिइएको नगर स्वास्थ्य...
विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

विवाह भोजमा सभागी बिरामी प्रकरण : स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ माघ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न तथा आवश्यक उपचारका लागि आएका छन् । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि स्वास्थ्यमन्त्री लिम्बू विज्ञ टोली लिएर आज (सोमबार) घटनास्थल दिप्लुङ आउनुभएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताउनुभएको छ । “मन्त्रालयबाट माननीय मन्त्री मानबहादुर लिम्बू ज्यूसहितको टोली आएर शिविर तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचा...
कोइलाखानी विस्फोट घटना अपडेट : खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

कोइलाखानी विस्फोट घटना अपडेट : खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले ज्यान गुमाएका छन् भने, एक जना बेपत्ता तथा दुई जना गम्भीर घाइते भएका छन् । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ–२२ गते विस्फोट हुँदा बरापोखरी गाउँपालिका–१ बरापोखरीको सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो । कामदारहरु कोइलाखानीभित्र काम गर्दै गर्दा भएको विष्फोटमा पर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता हुनुभएका रत्नको कोइलाखानीभित्रै जलेर ज्यान गएको अनुमान गरिएको सँगै काम गर्ने साथीहरुले बताएका छन् । मेघालयमा सँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्...
केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो । प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दोसहित ४७ स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले रु ५० हजार, तेस्रो हुने विद्यालयले रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई रु ४० हजार, बास्पानी, सप्तेश्वरका सहभागी विद्यालयलाई रु ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु ३० हजार याताय...