Wednesday, July 29

डगेनन् बालेन, बोलेनन् गणतन्त्र दिवशमा पनि

डगेनन् बालेन, बोलेनन् गणतन्त्र दिवशमा पनि

ब्यानर समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवशमा सम्बोधन नगर्नुलार्ई विभिन्न कोणबाट व्याख्या गरिएको छ । मूलतः काम गर्ने मान्छे बोल्दैन, बोल्ने मान्छेले काम गर्दैन भन्ने रटानमा छन् उहाँका पक्षधरहरु । विपक्षधरहरुको भनाइ छ कि प्रधानमन्त्रीले नबोलेर मुलुकको संविधान र जनताप्रति अटेरी गरिरहेका छन् । संसदमा नबोलेका कुरा हुन् वा गणतन्त्र दिवश समारोहमा सम्बोधन नगरेका कुरा होउन् बालेन आप्mनो अडानबाट पछि हटेका छैनन् । हरेक दिन हरेक विषयमा प्रधानमन्त्री बोल्नै पर्छ भन्ने छैन, देश र जनताका लागि काम चाहिएको हो काम गरिरहनु भएको छ । भाषण गरेर यसअघिका प्रधानमन्त्रीहरुले जस्तो जनतालाई सुन्नै दिक्क लाग्ने किन बनाउनुप¥यो ! भन्नेहरु पनि गलत देखिन्नन् । राष्ट्रिय जनसरोकारका विषयमा जनताले नयाँ प्रधानमन्त्रीबाट केही सुन्न चाहेका हुन्छन् त्यो सम्बोधन ख्वै ? भनेर खोज्नेहरुका तर्कलाई पनि ठाडै इन्कार्न मिल्दैन । यद्यपि ...
निरन्तर संगीतमा मंगल, जहाँ गयो त्यहीँ व्यस्त

निरन्तर संगीतमा मंगल, जहाँ गयो त्यहीँ व्यस्त

कला/साहित्य
बुद्धिबल वि.क. र मिठीमाया वि.क.को कनिष्ठ पुत्रका रुपमा दुईवीस वयअघि लम्जुङको जिता ९ मा जन्मनुभएका मंगल वि.क. त्यहाँको गाउँबस्ती र विद्यालयबाट भरतपुर १६ शान्तिदीप टोल हुँदै देशविदेशका अनेक शहरमा पुगेको नाम हो । केही दशकदेखि विदेश नगएको नेपालीको घर भेट्न गाह्रो छ । विदेश जानु ठूलो कुरो होइन । तर, यो भरतपुर १६ का बस्तीमा बस्ने हस्तीहरुको कथाको सुरुवाती श्रृङ्खला हो । नारायणघाट शहरबाट १० किलोमिटर सेरोफेरो दक्षिण पश्चिममा अवस्थित गाउँ भन्न मिल्ने यस वडामा करिब २० हजार हाराहारीको जनसंख्या छ । तर ती सबै मंगलजस्ता प्रतिभाशाली देखिएका छैनन् । देखिएका केहीमध्ये उहाँको स्थान अलग छ । उहाँकै भनाइलाई पछ्याउँदै मादलभन्दा सानो हुँदाखेरि नै घरपरिवार र स्कुलको प्रेरणाले मादल बजाउन सुरु गरेदेखि अहिलेसम्म मादललाई छोड्नुभएको छैन । सबैजसो वाद्यवादनमा पोख्त मंगलको मंगलकार्यको सम्मानका लागि प्राथमिकताको पहिलो नं...
बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

#, ब्यानर समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई खुशी पार्दै बजेट ल्याएका छन् । उनले ल्याएको बजेटले कार्यालय सहयोगीको मासिक तलब सुविधा ४० हजारनजिक र मुख्य सचिवको एक लाखनजिक पुग्नेछ । मूल्य अभिबृद्धि करको दरमा घटबढ गर्ने हल्लाले भने स्थान पाएन । तर यसअघि भ्याट छुट पाएको नेपाल विद्युत प्राधिकरणलगायतका केही निकायले अब त्यो छुट पाउने छैनन् । संस्थागत विद्यालय र स्वास्थ्यसंस्थाहरुले सेवा शुल्क बुझाउनु पर्नेछ । श्रम मन्त्रालयको बजेट घटेको छ भने पूर्वाधारतर्फको विकास बजेटलाई महत्व दिइएको छ । शेयर बजारलाई यो बजेटले खुशीको सञ्चार गराएको छ । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको जेठ १५ गते अर्थात् गणतन्त्र दिवशकै दिन बजेट आउँछ कि आउन्न भन्ने शंकालाई पनि निराकरण गर्दै आएको बजेटलाई बालेन सरकारका विपक्षीले समेत नराम्रो भन्न सकेका छैनन् बरु सन्तुलित र आकर्षक भनेका छन् । जेनजी आन्दोलनपछि आर्थिक सं...
आऊ ! देशद्रोहीको पर्दाफास गरौँ

आऊ ! देशद्रोहीको पर्दाफास गरौँ

कला/साहित्य
ऋतु आसीक सिंहदरबार जलाउनेको जत्था चुनाव भन्दा माथि उठेर जीतको ललीपप चुसेर चुनावी हुङ्कार छर्दै आइरहेका छन् । देश माथि आगोको मुस्लो छर्दै, राष्ट्र जलाउँदै आइरहेका छन् । देश जलाउनेहरूलाई हामी नेपालीहरूले शासन भार छोडिदिनु पर्ने ? हाम्रा पुर्खाहरूद्वारा निर्माण गरिएको देश देशघात गरिने हुललाई शासन दिनुपर्ने ? हामीले आफूलाई माटोप्रति घात माथि घात हुँदा – मौनता साँधेर देशद्रोहीहरूलाई शासन व्यवस्थाको तालमेलमा आफूलाई होच्याउँदै देश माथि घात देश माथिको अपमान सहँदै – देशद्रोहीको भीडलाई देशले सत्ता सुम्पनु पर्ने ? देशप्रति घात प्रतिघातको मौनतामा हामीले आफूलाई सुपुर्दगी गरिनु पर्ने ? देश माथि भएको अन्यायको साक्षी बस्नु पर्ने ? देश प्रतिको घात प्रतिघातमा लाटोकोसेरो टोलाएको दृश्यमा आफूलाई सम्हाहित गर्नु पर्ने ? मेरो देशको वैभवता मेरो देशको उचाइ हामी आफैँले छोट्याउनुको मनोदश...
बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

ब्यानर समाचार
काठमाडौँ । भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई नेपालको संसदीय निर्वाचनमा विशाल जितको अवसरमा बधाई दिएका छन् । उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । हालै सम्पन्न निर्वाचनमा शानदार जित हासिल गरेपछि बालेन र रविलाई यसअघि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन कुराकानी गर्दै बधाई दिएका थिए ।...
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमानत नै जफत

चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमानत नै जफत

ब्यानर समाचार
चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उनका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो । चितवन २ मा राष्ट्रिय स्वतन्त्र प...
झण्डा ओढेर देश जलाउने देशद्रोहीहरू

झण्डा ओढेर देश जलाउने देशद्रोहीहरू

कला/साहित्य
ऋतु आसीक हर्क साम्पाङ ! भनिरहेका छौ “एम.सी.सी. खारेज गर्ने छांै पैसा लिएका रैछन् भने फिर्ता गर्ने छौं यस.पी.पी. लागू गर्ने छैनौ देश युद्धभूमि बन्नबाट जोगाउने छौ । मलाई विश्वास गर्नू मलाई विश्वास गर्नू .... ... ...” झापावासी हो ! देशका साँस्कृतिक निधिहरू वालेनको अगुवाईमा जलेर भष्मिभूत भएका छन् । देशको वैभवता परिदृश्यहरू खण्डहरूमा परिणत हुँदै छन् । देश जलिरहँदा सिंहदरबार जलिरहँदा सर्वोच्च जलिरहँदा अलिकता मनका छेउ कुना दुखेन ? विश्लेषक सुरेन्द्र के.सी. भन्दैछन् – एउटा के.पी. हटाउन ५० खर्बको क्षति स्वीकार्य छैन छिमेकीको दादागिरी विरुद्ध देश उठ्नुपर्छ भारतीय थिचोमिचो उसको डकैती विरुद्ध नाङ्गेझार पारिनुपर्छ । निष्ठुरी, देशद्रोही देशको अथाह मायाले अलिकति पनि पोल्दै पोलेन ? पढैया गुण्डाहरू आफूलाई राष्ट्रहितका विपरीत उभ्याउनेहरू हाम्रा वैभव सम्पदाहरू जलिरहँदा ...
चितवन-३ मा भोट के मा हाल्नुभयो भनेर सोध्ने निर्वाचन कर्मचारी पक्राउ

चितवन-३ मा भोट के मा हाल्नुभयो भनेर सोध्ने निर्वाचन कर्मचारी पक्राउ

ब्यानर समाचार
चितवन । चितवनको क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भनेर सोधेपछि विवाद भएको छ । चितवनको माडीमा कार्यालय सहायक तहका कर्मचारीले मतदातालाई भोट हालेको बारे सोधेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक सय पाँच वर्षीय खड्काले गरे पहिलोपटक मतदान

एक सय पाँच वर्षीय खड्काले गरे पहिलोपटक मतदान

ब्यानर समाचार
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।” खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताए । मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनीप्रति सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए ।...
काँग्रेस सभापति गगन थापाले गरे मतदान

काँग्रेस सभापति गगन थापाले गरे मतदान

ब्यानर समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् । यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही- ४ बाट उम्मेदवार बनेका छन् ।