
- ऋतु आसीक
हर्क साम्पाङ ! भनिरहेका छौ
“एम.सी.सी. खारेज गर्ने छांै
पैसा लिएका रैछन् भने फिर्ता गर्ने छौं
यस.पी.पी. लागू गर्ने छैनौ
देश युद्धभूमि बन्नबाट जोगाउने छौ ।
मलाई विश्वास गर्नू
मलाई विश्वास गर्नू
…. … …”
झापावासी हो !
देशका साँस्कृतिक निधिहरू
वालेनको अगुवाईमा
जलेर भष्मिभूत भएका छन् ।
देशको वैभवता परिदृश्यहरू
खण्डहरूमा परिणत हुँदै छन् ।
देश जलिरहँदा
सिंहदरबार जलिरहँदा
सर्वोच्च जलिरहँदा
अलिकता मनका छेउ कुना दुखेन ?
विश्लेषक सुरेन्द्र के.सी. भन्दैछन् –
एउटा के.पी. हटाउन
५० खर्बको क्षति स्वीकार्य छैन
छिमेकीको दादागिरी विरुद्ध
देश उठ्नुपर्छ
भारतीय थिचोमिचो
उसको डकैती विरुद्ध
नाङ्गेझार पारिनुपर्छ ।
निष्ठुरी, देशद्रोही
देशको अथाह मायाले अलिकति पनि पोल्दै पोलेन ?
पढैया गुण्डाहरू
आफूलाई राष्ट्रहितका विपरीत उभ्याउनेहरू
हाम्रा वैभव सम्पदाहरू जलिरहँदा
मुटुका कुना काप्चाहरूबाट
राष्ट्रियताको रगत बग्दै बगेन ?
राष्ट्रलाई घात गर्ने
देशको सूर्य चन्द्र अङ्कित झण्डा ओढेर
देशप्रति घात प्रतिघात गर्दा –
मुटु अलिकता पनि चोथोरिएन ?
तिमीलाई जन्म दिने आमालाई
तिम्रा यी घृणित कार्य सुनाएका छौ ?
तिम्री आमा
तिम्रो छोराको करतुतमा
होश हवास भएकी छिन्,
कतै लडेर मुर्छामा चिच्याउँदै छिन् ।
देशद्रोही छोरा जन्माएकोमा
कोखलाई सराप्तै होलिन्
ती आमाको व्यथामा कति छटपटिएकी होलिन्
आमा आफ्नी कोखलाई धिक्कार्दै होलिन्
हिजो आज
आफूलाई विभिन्न कलेवरमा उभ्याएर
कति सस्तो छ
मर्दा देशको झण्डा ओढेर
देशद्रोही हरकतका दृश्यहरू
सडक–सडक गल्लीमा
राष्ट्रिय झण्डाहरू
अपमानित भइरहेका छन् ।
मेरो देशको वैभव जलाउने
रवि लामिछानेहरू
वालेनहरू घाँटीमा झण्डा बेरेर
देशद्रोहीका हरकतहरू देखिएका छन्
झण्डाप्रतिको अपमान गरिरहेका छन् ।
मेरो देशको वैभव
मेरो देशको समृद्धि जलिरहँदा
देशभरि नै देशका वैभव जलिरहँदा –
जलाउनेको अहम्ता
राष्ट्र माथि घात हुँदा
देशको मौनताको अन्योलता
देशद्रोहीहरूलाई स्याबासी खुवाएर
वालेनहरू यसबेला मठाधीश भएका छन् ।
देशघात सापटी ल्याएर
देशलाई नै क्षतविक्षत पारेका छन् ।
सरकार देश प्रतिको घातमा
मौनता साँधेर बस्छ ।
सरकारलाई पटक्कै देश दुख्दैन ।
पृथ्वीनारायण शाह हुँदै
हाम्रा राजकीय परिवारका धरोहरलाई
नामेटका घृणित पारिरहेका छन् ।
देश माथि घात–प्रतिघात हुँदैछ ।
सरकार असमर्थता देखाउँछ ।
देशको अस्थिरता मौनता पस्किन्छ ।
मेरो देश
यो इतिहासको पुर्ननिर्माणको संघारमा आएर
खेतमा हलो अड्काएर
देश माथि घात प्रतिघात हुँदैछ ।
मौनताको सीमाले अस्थिरता छर्दैछ ।
मेरो देश
इतिहासको कैयौँ मोडमा आइपुग्दा
कहिले कमजोर र मौनता भएन ।
देशका पातकीहरू छिमोल्दै बढेको छ ।
मेरो देश छिमेकीको अपमान
अति भयो अति भयो
हर्क साम्पाङहरू भन्दैछन्
हामीलाई एम.सी.सी. चाहिएन ।
हामी आफ्नो देश हामी आफैँ बनाउँछौँ ।
हामी आफ्नो मुलुकको भव्यता हामी आफैँ सिँगार्छौँ ।
देशघातीहरू !
मेरो राष्ट्रको वैभव जलाउनेहरू !
देशलाई खरानीमा परिणत गर्नेहरू !
हामी तिनै खरानीलाई उठाउँदै
देशद्रोहीहरूलाई
देशद्रोहीको दण्ड दिने छौँ ।
देशलाई उठाउन
देशप्रति घात प्रतिघातका ऐठनहरू
ती सबै बदला लिनेछौ ।
देशद्रोहीहरू जुनै कलेवर हुन
हामी मेटाउने छौँ ।
राष्ट्रघाती जुनै कलेवरमा होउन ।
हामी तिमीहरूलाई दण्डित गर्ने छौ ।
देशद्रोहीहरूलाई दण्ड दिनेछौँ ।
देशभक्तहरू हो ! आऊ हातेमालो गरौँ
आऊ देश उठाऔँ ।
स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी – २०७४
तरहरा, आँपगाछी, इटहरी
