निरन्तर संगीतमा मंगल, जहाँ गयो त्यहीँ व्यस्त
बुद्धिबल वि.क. र मिठीमाया वि.क.को कनिष्ठ पुत्रका रुपमा दुईवीस वयअघि लम्जुङको जिता ९ मा जन्मनुभएका मंगल वि.क. त्यहाँको गाउँबस्ती र विद्यालयबाट भरतपुर १६ शान्तिदीप टोल हुँदै देशविदेशका अनेक शहरमा पुगेको नाम हो । केही दशकदेखि विदेश नगएको नेपालीको घर भेट्न गाह्रो छ । विदेश जानु ठूलो कुरो होइन । तर, यो भरतपुर १६ का बस्तीमा बस्ने हस्तीहरुको कथाको सुरुवाती श्रृङ्खला हो । नारायणघाट शहरबाट १० किलोमिटर सेरोफेरो दक्षिण पश्चिममा अवस्थित गाउँ भन्न मिल्ने यस वडामा करिब २० हजार हाराहारीको जनसंख्या छ । तर ती सबै मंगलजस्ता प्रतिभाशाली देखिएका छैनन् । देखिएका केहीमध्ये उहाँको स्थान अलग छ ।
उहाँकै भनाइलाई पछ्याउँदै मादलभन्दा सानो हुँदाखेरि नै घरपरिवार र स्कुलको प्रेरणाले मादल बजाउन सुरु गरेदेखि अहिलेसम्म मादललाई छोड्नुभएको छैन । सबैजसो वाद्यवादनमा पोख्त मंगलको मंगलकार्यको सम्मानका लागि प्राथमिकताको पहिलो नं...








