Wednesday, July 29

ब्यानर समाचार

डगेनन् बालेन, बोलेनन् गणतन्त्र दिवशमा पनि

डगेनन् बालेन, बोलेनन् गणतन्त्र दिवशमा पनि

ब्यानर समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवशमा सम्बोधन नगर्नुलार्ई विभिन्न कोणबाट व्याख्या गरिएको छ । मूलतः काम गर्ने मान्छे बोल्दैन, बोल्ने मान्छेले काम गर्दैन भन्ने रटानमा छन् उहाँका पक्षधरहरु । विपक्षधरहरुको भनाइ छ कि प्रधानमन्त्रीले नबोलेर मुलुकको संविधान र जनताप्रति अटेरी गरिरहेका छन् । संसदमा नबोलेका कुरा हुन् वा गणतन्त्र दिवश समारोहमा सम्बोधन नगरेका कुरा होउन् बालेन आप्mनो अडानबाट पछि हटेका छैनन् । हरेक दिन हरेक विषयमा प्रधानमन्त्री बोल्नै पर्छ भन्ने छैन, देश र जनताका लागि काम चाहिएको हो काम गरिरहनु भएको छ । भाषण गरेर यसअघिका प्रधानमन्त्रीहरुले जस्तो जनतालाई सुन्नै दिक्क लाग्ने किन बनाउनुप¥यो ! भन्नेहरु पनि गलत देखिन्नन् । राष्ट्रिय जनसरोकारका विषयमा जनताले नयाँ प्रधानमन्त्रीबाट केही सुन्न चाहेका हुन्छन् त्यो सम्बोधन ख्वै ? भनेर खोज्नेहरुका तर्कलाई पनि ठाडै इन्कार्न मिल्दैन । यद्यपि ...
बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

#, ब्यानर समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई खुशी पार्दै बजेट ल्याएका छन् । उनले ल्याएको बजेटले कार्यालय सहयोगीको मासिक तलब सुविधा ४० हजारनजिक र मुख्य सचिवको एक लाखनजिक पुग्नेछ । मूल्य अभिबृद्धि करको दरमा घटबढ गर्ने हल्लाले भने स्थान पाएन । तर यसअघि भ्याट छुट पाएको नेपाल विद्युत प्राधिकरणलगायतका केही निकायले अब त्यो छुट पाउने छैनन् । संस्थागत विद्यालय र स्वास्थ्यसंस्थाहरुले सेवा शुल्क बुझाउनु पर्नेछ । श्रम मन्त्रालयको बजेट घटेको छ भने पूर्वाधारतर्फको विकास बजेटलाई महत्व दिइएको छ । शेयर बजारलाई यो बजेटले खुशीको सञ्चार गराएको छ । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको जेठ १५ गते अर्थात् गणतन्त्र दिवशकै दिन बजेट आउँछ कि आउन्न भन्ने शंकालाई पनि निराकरण गर्दै आएको बजेटलाई बालेन सरकारका विपक्षीले समेत नराम्रो भन्न सकेका छैनन् बरु सन्तुलित र आकर्षक भनेका छन् । जेनजी आन्दोलनपछि आर्थिक सं...
बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

बालेन र रविलाई भुटानका प्रधानमन्त्री तोब्गेको बधाई

ब्यानर समाचार
काठमाडौँ । भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई नेपालको संसदीय निर्वाचनमा विशाल जितको अवसरमा बधाई दिएका छन् । उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । हालै सम्पन्न निर्वाचनमा शानदार जित हासिल गरेपछि बालेन र रविलाई यसअघि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन कुराकानी गर्दै बधाई दिएका थिए ।...
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमानत नै जफत

चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारको जमानत नै जफत

ब्यानर समाचार
चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उनका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो । चितवन २ मा राष्ट्रिय स्वतन्त्र प...
चितवन-३ मा भोट के मा हाल्नुभयो भनेर सोध्ने निर्वाचन कर्मचारी पक्राउ

चितवन-३ मा भोट के मा हाल्नुभयो भनेर सोध्ने निर्वाचन कर्मचारी पक्राउ

ब्यानर समाचार
चितवन । चितवनको क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भनेर सोधेपछि विवाद भएको छ । चितवनको माडीमा कार्यालय सहायक तहका कर्मचारीले मतदातालाई भोट हालेको बारे सोधेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक सय पाँच वर्षीय खड्काले गरे पहिलोपटक मतदान

एक सय पाँच वर्षीय खड्काले गरे पहिलोपटक मतदान

ब्यानर समाचार
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।” खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताए । मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उनीप्रति सम्मान प्रकट गर्दै धेरैले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए ।...
काँग्रेस सभापति गगन थापाले गरे मतदान

काँग्रेस सभापति गगन थापाले गरे मतदान

ब्यानर समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् । यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही- ४ बाट उम्मेदवार बनेका छन् ।
सिरहा- ३ का जसपा नेपालका उम्मेदवार ४ लाख नगदसहित पक्राउ

सिरहा- ३ का जसपा नेपालका उम्मेदवार ४ लाख नगदसहित पक्राउ

ब्यानर समाचार
सिरहा । सिरहा- ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा यादवको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।...
मतगणनास्थलमा लगाइयो १० फिटको तारजाली

मतगणनास्थलमा लगाइयो १० फिटको तारजाली

ब्यानर समाचार
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनाको लागि चितवनमा १० फिट अग्लो तारजाली लगाइएको छ । मगतगणना स्थल व्यवस्थित र सुरक्षित बनाउनका लागि यसरी तारजाली लगाइएको हो । चितवनको तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनक‍ो लागि १० फिट अग्लो तारजाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलले बताए । चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ । मुुख्य निर्वाचन अधिकृत पौडेलका अनुुसार मतपत्र जोगाउन समस्या नहुने गरेर मतगणनाको व्यवस्थापन गरिएको हो । बिद्युत आपूर्ति सहज बनाउन तारजालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ भने मतगणना परिसरमा सिसीक्यामरा पनि जडान गरिएको पौ...
निर्वाचनको मुखमा धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

निर्वाचनको मुखमा धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

ब्यानर समाचार
काठमाडौं । निर्वाचन आउन दुईदिनमात्र बाँकी हुँदा निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । उनी कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो । रास्वपा उम्मेदवार किशोरी शाह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।...