यी ७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने
२९ माघ, काठमाडौं । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन नपाउने भएका छन् ।
पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था,
दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी
तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था
चौथो : नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय
पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था
छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था
सातौं : विदेशी सरकार,संस्था वा व्यक्ति
निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरण उल्लेख छन् । जसमा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता ख...





