Wednesday, June 3

फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

२८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुदै छ ।

यसले मतदान प्रक्रियालाई सहज, सरल बनाउनुका साथै मत बदर हुनबाट जोगाउँछ । आयोगले आगामी फागुन १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दिएको छ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।