Tuesday, July 28

डगेनन् बालेन, बोलेनन् गणतन्त्र दिवशमा पनि

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवशमा सम्बोधन नगर्नुलार्ई विभिन्न कोणबाट व्याख्या गरिएको छ । मूलतः काम गर्ने मान्छे बोल्दैन, बोल्ने मान्छेले काम गर्दैन भन्ने रटानमा छन् उहाँका पक्षधरहरु । विपक्षधरहरुको भनाइ छ कि प्रधानमन्त्रीले नबोलेर मुलुकको संविधान र जनताप्रति अटेरी गरिरहेका छन् । संसदमा नबोलेका कुरा हुन् वा गणतन्त्र दिवश समारोहमा सम्बोधन नगरेका कुरा होउन् बालेन आप्mनो अडानबाट पछि हटेका छैनन् । हरेक दिन हरेक विषयमा प्रधानमन्त्री बोल्नै पर्छ भन्ने छैन, देश र जनताका लागि काम चाहिएको हो काम गरिरहनु भएको छ । भाषण गरेर यसअघिका प्रधानमन्त्रीहरुले जस्तो जनतालाई सुन्नै दिक्क लाग्ने किन बनाउनुप¥यो ! भन्नेहरु पनि गलत देखिन्नन् । राष्ट्रिय जनसरोकारका विषयमा जनताले नयाँ प्रधानमन्त्रीबाट केही सुन्न चाहेका हुन्छन् त्यो सम्बोधन ख्वै ? भनेर खोज्नेहरुका तर्कलाई पनि ठाडै इन्कार्न मिल्दैन । यद्यपि प्रधानमन्त्रीलाई बोल्ने रुचि नै छैन र सट्टामा सरकारकै प्रभावशाली मन्त्रीले बोल्छन् भने आममानिसलाई त खासै फरक पर्दैन । विरोध गर्नु नै विपक्षीको धर्म हो भने त भन्नु नै के रह्यो र !
संसदमा प्रधानमन्त्री नबोलेको कुरालाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ राईले गरेको प्रतिवादले निकै चर्चा बटुल्यो । त्यस्तै चर्चा गणतन्त्र दिवशको मौनताले पनि बटुल्दै छ । प्रसिद्ध रचनाकार दुर्गालाल श्रेष्ठले पूmलको आँखामा पूmलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं सकारात्मक सोंच्ने हो भने नबोलेकै कारण प्रधानमन्त्रीलाई नराम्रो भन्न मिल्दैन । बरु गणतन्त्रले राष्ट्रपति जन्मायो र वरियताको हिसाबले राष्ट्रपति पद आपूmभन्दा माथि भएकाले राष्ट्रपति बोलेपछि आपूm बोलिरहन जरुरी हुन्न भन्दै राष्ट्रपतिलाई सम्मान गरेको भन्न सकिन्छ । नकारात्मक दृष्टिकोणले हेर्ने हो भने गणतन्त्रप्रति उदाशीन रहेको जिकिर गर्न सकिन्छ ।
१०० दिनमा सय कामको प्रतिबद्धतासहित कर्मक्षेत्रमा खटिएका प्रधानमन्त्रीलाई कहिले संसदमा बोल्न लगाउने कहिले टुँडिखेलमा, कहिले शीतल निवासमा गराउँदा ती प्रतिबद्धता अधुरा रहलान् भन्ने डरमा थिए जनता प्रधानमन्त्री बोल्नु भएन ठीक गर्नुभयो भन्नेहरुको पनि कमी छैन । सोझो बोल्दा त बाङ्गो समाचार बनाउने केही मिडियाबाजीसँग सतर्क रहन पनि नबोल्नुभएको हुन सक्छ भनेर अड्कल काट्नेहरुको भनाइमा पनि तुक छैन भन्न मिल्दैन । सिधा आएर जे मन लाग्यो बोलेर भएन, पदीय गरिमा राख्दै पछिसम्म असर नपर्ने गरि बोल्न समय दिनुप¥यो त्यो समय खास महत्वपूर्ण काममा लगाए अझै राम्रो होला भन्ने प्रधानमन्त्रीको बुझाइ छ भनी लख काट्नेहरुलाई पनि कम्जोर भन्न मिल्दैन । जे होस् सकारात्मक परिवर्तन जरुरी छ, सबै कुरा हिजोकै जस्तोे हुनुपर्छ त्यसरी नै चल्नुपर्छ भन्ने मान्यता राख्नु समयसान्दर्भिक हुँदैन, त्यसैले विरोधका लागि विरोध गर्ने विपक्षीहरुको पुरानो धर्मलाई छोडेर अग्रगामी सोचलाई अघि बढाऔं । साँच्चिकै गलत भए सत्तापक्षले पनि सरकारलाई सचेत गराउने बानीको विकास गरौं ।