Wednesday, June 3

विदेश/प्रवास

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

साउदीको तेल प्रशोधन केन्द्रमा इरानको अर्को ड्रोन आक्रमण

विदेश/प्रवास
काठमाडौँ । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोको रास तनुरा तेल प्रशोधन केन्द्रमा अर्को ड्रोन आक्रमण भएको छ। रिपोर्ट एक ड्रोन सो केन्द्र परिसरभित्र खसेको हो । रास तनुरा साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ । यस अघि पनि इरानी ड्रोनमार्फत यस केन्द्रमा आक्रमण भएको थियो । पछिल्लो घटनापछि तेल पूर्वाधारको सुरक्षाबारे चिन्ता बढेको छ ।...
अहिलेसम्म ईरानमा १७६ बालिकासहित जम्मा ७४२ नागरिकको मृत्यु

अहिलेसम्म ईरानमा १७६ बालिकासहित जम्मा ७४२ नागरिकको मृत्यु

विदेश/प्रवास
काठमाडौँ । ईरानमा भएको अमेरिकी-इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन्। मानवअधिकार समुहले पछिल्ला २४ घण्टामा मात्रै ८५ नागरिक र ११ सैनिकको मृत्यु भएको छ । यसअघि ईरानी रेड क्रिसेन्ट सोसाइटीले मृतक संख्या ५५५ जनाको रिपोर्ट गरेको थियो, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन । यसैबीच, ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आइआरजिसी) ले हॉर्मुज स्ट्रेट बन्द गरेको जनाएको छ । यो मार्ग विश्वको तेल आपूर्ति लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । आइआरजिसीका अधिकारीले सरकारी टेलिभिजनमा यस बाटोमा कुनै पनि जहाजले यात्रा गर्ने प्रयास गरेमा रोक्ने र निशाना बनाउने तयारी गरिएको बताएका छन् । साथै, आइआरजिसीले साउदीमा रहेको अमेरिकी दुताबास र बहरीनमा रहेको अमेरिकी एयर बेसमा हमला गरेको बताएको छ । संगठनका अनुसार, शेख ईसा क्षे...
इरानका सर्वोच्च नेता खामेनीको मृत्युमा ४० दिन राष्ट्रिय शोक घोषणा

इरानका सर्वोच्च नेता खामेनीको मृत्युमा ४० दिन राष्ट्रिय शोक घोषणा

विदेश/प्रवास
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो । खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ । खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए । उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा ...
कतारको राजधानी दोहामा ११ शक्तिशाली विस्फोट

कतारको राजधानी दोहामा ११ शक्तिशाली विस्फोट

विदेश/प्रवास
काठमाडौँ । कतारको राजधानी दोहामा लगातार शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । स्थानीयका अनुसार सहरका विभिन्न क्षेत्रमा कम्तीमा ११ वटा विस्फोट भएका छन् । ती विस्फोटको कारण र क्षतिको विवरण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यस अघि कतारले इरानको आक्रमणबाट १६ जना घाइते भएको बताएको थियो । यसैबीच इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोरले अमेरिका र इजरायलको आक्रमणको जवाफस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाइएको जनाएको छ । इरानी सेनाका अनुसार क्षेत्रभर रहेका २७ अमेरिकी ठिकानामाथि मिसाइल तथा ड्रोनमार्फत व्यापक आक्रमण भइरहेको छ । इरानी पक्षले इजरायलस्थित तेल नोफ हवाई अड्डा, इजरायली सेनाको मुख्यालय तथा रक्षा उद्योगसम्बन्धी संरचनालाई समेत निशाना बनाइएको दाबी गरेको छ । घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।...
समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं- डा. स्वर्णिम वाग्ले

समय सीमा लिएर आएका छौं, आजीवन राजनीति गर्दैनौं- डा. स्वर्णिम वाग्ले

ब्यानर समाचार, विदेश/प्रवास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पुस्ता देशभक्त र परिपक्क रहेको बताएका छन् । विहिबार चितवनमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै डा. वाग्ले आफुहरु देशभक्त र परिपक्क रहेको र भ्रष्ट हुनै नसक्ने बताएका हुन् । उनले आफुहरु राजनीति आजीवन पेशा बनाउन नआएको बताउदै योजना र समय सिमा लिएर आएको बताए । उनले यो चुनाव दल छान्ने मात्र नभएर संस्कार बसाल्ने थिति बसाल्ने चुनाव भएको भन्दै दलहरुले बनाएको ब्रम्हलुटको संरचना भत्काएर सुशासनको जग बसाउने प्रष्ट परे । उनले १५१ भन्दा बढी सिटमा जिताएर सरकारमा पुर्याइदिन आग्रह गरे । डा. वाग्लेले अहिले परिवर्तनको घन्टी बजाउने समय भएको भन्दै आफुहरुले सुशासनको जगमा देशलाई समृद्ध बनाउने दाबि गरे ।...
इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

विदेश/प्रवास
काठमाडौं । इजरायलले पूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका छन् । लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो । यसैबीच, दक्षिणी लेबनानमा हमासका लक्ष्यविरुद्ध गरिएको छुट्टै ड्रोन आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ । नोभेम्बर २०२४ मा अमेरिका मध्यस्थतामा भएको युद्धविरामपछि यी आक्रमणहरू सबैभन्दा घातक मानिएका छन् । आईडीएफले विज्ञप्ति जारी गर्दै बेकाआ उपत्यकाको बालबेक क्षेत्रमा हिजबुल्लाहको मिसाइल फोर्ससँग सम्बन्धित तीनवटा कमाण्ड सेन्टरमा प्रहार गरिएको जनाएको छ । सेनाले ती आक्रमणमा “धेरै संख्यामा अपरेटिभहरू” मारिएको दाबी गर्दै उनीहरू इजरायलविरुद्ध रकेट तथा मिसाइल आक्रमणको तयारीमा संलग्न रहेको आरोप लगाएको छ । हिजबुल्लाहले भने आठ जना आफ्ना स...
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

विदेश/प्रवास
बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् । योजनामा उनले चारवटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्नु भएको छ । पहिलो प्राथमिकतामा कानुन र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ । तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवन–यापनको लागत घटाउन जोड दिनु भएको छ । चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उनले बताएका छन् । यसबाहेक, उहाँले भ्रष्टाचार विरुद्ध लड्नका लागि कडा प्रयासहरूको निर्देश गरेका छन् । मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । यस अघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरे...
रहमानको मन्त्रिपरिषद् घोषणा

रहमानको मन्त्रिपरिषद् घोषणा

विदेश/प्रवास
भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गर्नुभएको छ । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएका रहमानले मङ्गलबार पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् सार्वजनिक गर्नुभएको हो । मङ्गलबार राति राजपत्रमार्फत जारी सूचीअनुसार ७६ वर्षीय अमिर खसरु महमुद चौधरीलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्व वाणिज्य मन्त्री तथा अनुभवी सांसद रहनुभएका चौधरी व्यापारी पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ । महिनौँको राजनीतिक अस्थिरतापछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातक राष्ट्रका रूपमा चिनिएको बङ्गलादेशमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने दायित्व उहाँलाई सुम्पिएको छ ...
११ उपमहानगर मध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर अगाडि

११ उपमहानगर मध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर अगाडि

जनमत/प्रतिक्रिया, भनाइ/विचार, विदेश/प्रवास
२९ माघ,काठमाडौं ।देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको हो। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ। मूल्यांकनमा बजेट सार्वजनिक गर्ने समय,राजस्व परिचालन,विद्यार्थी भर्ना दर,एसईई नतिजा लगायत १७ सूचक समावेश गरिएका छन्।...
यी ७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

यी ७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास, समाचार/विश्लेषण
२९ माघ, काठमाडौं । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन नपाउने भएका छन् । पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था   चौथो : नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था सातौं : विदेशी सरकार,संस्था वा व्यक्ति निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरण उल्लेख छन् । जसमा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता ख...