Wednesday, July 29

#

बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

बालेन सरकारका अर्थमन्त्रीको बजेट ः विपक्षी पनि सकारात्मक

#, ब्यानर समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई खुशी पार्दै बजेट ल्याएका छन् । उनले ल्याएको बजेटले कार्यालय सहयोगीको मासिक तलब सुविधा ४० हजारनजिक र मुख्य सचिवको एक लाखनजिक पुग्नेछ । मूल्य अभिबृद्धि करको दरमा घटबढ गर्ने हल्लाले भने स्थान पाएन । तर यसअघि भ्याट छुट पाएको नेपाल विद्युत प्राधिकरणलगायतका केही निकायले अब त्यो छुट पाउने छैनन् । संस्थागत विद्यालय र स्वास्थ्यसंस्थाहरुले सेवा शुल्क बुझाउनु पर्नेछ । श्रम मन्त्रालयको बजेट घटेको छ भने पूर्वाधारतर्फको विकास बजेटलाई महत्व दिइएको छ । शेयर बजारलाई यो बजेटले खुशीको सञ्चार गराएको छ । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको जेठ १५ गते अर्थात् गणतन्त्र दिवशकै दिन बजेट आउँछ कि आउन्न भन्ने शंकालाई पनि निराकरण गर्दै आएको बजेटलाई बालेन सरकारका विपक्षीले समेत नराम्रो भन्न सकेका छैनन् बरु सन्तुलित र आकर्षक भनेका छन् । जेनजी आन्दोलनपछि आर्थिक सं...

राष्ट्रिय सभा बैठकमा आज चलचित्र विधेयक पेश हुने

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा आज बुधबार ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री सुशीला कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने तयारी छ। यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।...

फागुन ३ गतेदेखि ६७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुँदै

#, कला/साहित्य, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुदै छ । यसले मतदान प्रक्रियालाई सहज, सरल बनाउनुका साथै मत बदर हुनबाट जोगाउँछ । आयोगले आगामी फागुन १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दिएको छ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ...

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता,प्रथम पुरस्कार ५० हजार,अन्य कति ?

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२७ माघ,काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगको भनाइ छ।भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भिडियोमा निर्वाचन प्रचारप्रसार,आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ।एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ।त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनु पर्ने आयोगले स्पष्ट पारेको छ।  ...

रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२७ माघ,काठमाडौं ।रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन्। दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाको भनाइ छ । उनका अनुसार उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । चालक,सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको अरनिको यातायात समितिले जानकारी दिएको छ । बाटोबाट अन्य थप यात्रु चढेको नचढेको खुलेको छैन ।सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ...

नेपालले अन्तिमसम्म दबाबमा राख्यो :म्यान अफ दि म्याच विल ज्याक्स

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
२६ माघ,काठमाडौं । नेपाल विरुद्धको खेलमा अलराउन्ड प्रर्दशन गरेका ईंग्ल्यान्डका विल ज्याक्सले आफूहरुलाई अन्तिमसम्म दवावमा राखेको बताएका छन् । उनले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३९ रन बनाएका थिए भने आफ्नो पार्ट टाइम स्पिनमार्फत कुशल भुर्तेलको महत्वपूर्ण विकेट लिएका थिए । प्लेयर अफ दि म्याचको पुरस्कार थापेपछि ज्याक्सले नेपाली टिमको उच्च प्रशंसा गरेका छन् । खेलको पिच अप्ठेरो भए पनि नेपाली ब्याटरहरुले स्पिनरलाई निक्र राम्रो खेलेको उनको प्रतिक्रिया छ ।  ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए । पिच निकै कठिन थियो तर उनीहरूले स्पिनलाई राम्ररी खेले र हामीलाई हारको निकै नजिक पुर्‍याए ।बलिङतर्फ सन्दीप लामिछानेले आफू जादु देखाए । उनले १७ ओभरमा गरेको बलिङ नेपाली समर्थकले लामो समय सम्झिने छन् । खासमा यो मेडन ओभर हुनुपर्थ्यो, तर ‘मिस फिल्ड’का कारण ईंग्ल्यान्डले एक ...

एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

#, जनमत/प्रतिक्रिया, बायोग्राफी/अन्तर्वार्ता, विदेश/प्रवास
मनिषा गुरुङ २५ माघ,काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी छन् । उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गरेकी छन् । “पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो।उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भिडियो सन्देशमार्फत भनेकी छन् । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियान अन्तर्गत सञ्चालन गर्दै आइएको पनि उनले जानकारी गराएकी छन् । यस्तै गत वर्षको खोप अभियानमा छुटेका किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोर...

नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालन गर्दै

#, जनमत/प्रतिक्रिया, विदेश/प्रवास
मनिषा गुरुङ २५ माघ,काठमाडौं।नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ। एच.पी.भी.खोप अभियान यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म नगरपालिका अन्तर्गतका विभिन्न सामुदायीक र संस्थागत विद्यालयहरुमा सञ्चालन हुने नगरपालिकाद्धार आज जारी सूचनामा उल्लेख छ। अभियान अन्तर्गत नगरपालिका भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र किशोरीहरुलाई  सो खोप लगाइने भएको हो। एच.पी.भी.खोप अत्यन्त महँगो भएपनि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको र किशोरीहरुलाई पाठेघर सम्बन्धी रोगबाट जोगाउन यो अभियान अत्यन्त महत्त्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सोही दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आफ्नो पायक पर्ने उल्लेखित खोप केन्द्रमा गएर खोप लगाउन भनेको छ। हेर्नुहोस् सूचना :  ...

१०.२५ अंक घट्यो सेयर बजार,कारोबार साढे ११ अर्बमाथि

#, जनमत/प्रतिक्रिया, विदेश/प्रवास
२५ माघ,काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ।०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ । आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन्। आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ। आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ।  ...

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १७५ पुग्यो

#
२५ माघ,काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो। काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ। वातावरण विभागका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो। औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ। काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना,२०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ। यस्...