Wednesday, June 3

नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान संचालन गर्दै

मनिषा गुरुङ

२५ माघ,काठमाडौं।नागार्जुन नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ।

एच.पी.भी.खोप अभियान यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म नगरपालिका अन्तर्गतका विभिन्न सामुदायीक र संस्थागत विद्यालयहरुमा सञ्चालन हुने नगरपालिकाद्धार आज जारी सूचनामा उल्लेख छ।

अभियान अन्तर्गत नगरपालिका भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र किशोरीहरुलाई  सो खोप लगाइने भएको हो

एच.पी.भी.खोप अत्यन्त महँगो भएपनि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको र किशोरीहरुलाई पाठेघर सम्बन्धी रोगबाट जोगाउन यो अभियान अत्यन्त महत्त्वपूर्ण रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सोही दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आफ्नो पायक पर्ने उल्लेखित खोप केन्द्रमा गएर खोप लगाउन भनेको छ।

हेर्नुहोस् सूचना :