Wednesday, July 29

रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

२७ माघ,काठमाडौं ।रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो।

दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन्।

दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाको भनाइ छ । उनका अनुसार उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । चालक,सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको अरनिको यातायात समितिले जानकारी दिएको छ । बाटोबाट अन्य थप यात्रु चढेको नचढेको खुलेको छैन ।सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले बताएको हो ।