
२८ माघ,काठमाडौं ।अघिल्लो वर्षको तुलनामा नेपालको भ्रष्टाचार नियन्त्रण हुन नसकेको भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२५ ले देखाएको छ।
नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकहरूले गरेको सुधारका कारण नेपालको वरीयता दुई स्थानले खस्केर झन १०७ बाट १०९ पुगेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार गत भदौको जेनजी आन्दोलनअघिको सर्वेक्षणका बेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।भने,एमाले–कांग्रेसको गठबन्धन सरकार थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न १३ वटा संस्थाहरुले गर्ने सर्भे नतिजाहरुलाई एकमुष्ट विश्लेषण गरेर भ्रष्टाचार अवधारणा सूचकांक निकाल्ने गर्छ ।नेपालका लागि भने ६ वटा संस्थाहरुले गरेको सर्वेक्षणलाई आधार मानिएको थियो ।समग्रमा नेपालले गतवर्ष झै यसपाली पनि १०० मा ३४ अंक पाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यकारी निर्देशक आशिष थापा सामान्यतयाः तीन अंक भन्दा कमको सुधारलाई अर्थपूर्ण नमानिने बताउँछन् ।
त्यसमाथि नेपालको स्थान ३४ मात्रै भएकाले पनि पुरानै अंकको निरन्तरताले भ्रष्टाचारमा सुधार भएको देखिँदैन ।
‘
