
मुम्बई । ब्रेन ह्यामरेज भएर अस्पताल भर्ना भएका सलमान खानका पिता बलिउडका दिग्गज पटकथा लेखक सलीम खानको मस्तिष्कको शल्यक्रिया गरिएको छ । शस्यक्रिया पश्चात् उनको स्वास्थ्यमा केही सुधार देखिए पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ। मस्तिष्क घात (ब्रेन ह्यामरेज) पछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका ९० वर्षीय खानको हालै एक सानो सर्जिकल प्रक्रिया पूरा गरिएको हो।
उनको उपचारमा संलग्न डाक्टर जलील पार्करका अनुसार खानको ‘डिजिटल सब्स्ट्र्याक्सन एन्जियोग्राफी’ ९डीएसए० गरिएको छ। यो कुनै ठुलो ब्रेन सर्जरी नभई नसाहरूमा भएको अवरोध स्पष्ट रूपमा हेर्न गरिने उच्च गुणस्तरको एक्सरे प्रक्रिया हो जसलाई सेरेब्रल एन्जियोग्राफी पनि भनिन्छ। हाल उनको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । सबै कुरा सामान्य रहेमा उनलाई आज वा भोलिसम्ममा भेन्टिलेटर सपोर्टबाट हटाउन सकिने अस्पताल प्रशासनले जनाएको छ।
यद्यपि, पूर्ण रूपमा निको नभएसम्म उनलाई डिस्चार्ज गर्नेबारे अहिले नै कुनै निर्णय भइसकेको छैन । पिताको रेखदेखका लागि सलमान खान लगायत परिवारका सदस्यहरू अस्पतालमै छन्।
