Sunday, September 13

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं । विहीबार काठमाडौंबाट नेकपा एमालेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका माझ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहबीच घोषणापत्र सार्वजनिक गरेका छन् ।

एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।

सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन्।