९ माघ,काठमाडौं ।निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित संस्थालाई पत्राचार गरेको छ ।
निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचनाको गलत तरिकाले प्रचारप्रसार भएकाले ति सामग्रीहरु हटाउन सोही अनुसार पत्राचार गरिएको हो ।
९८ वटा प्रसारित सामग्री गलत ठानिएकोले कारबाहीका लागि पत्राचार गरेको र तत्तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको बताइएको छ।
पाठकलाई गलत सूचना नपुगोस् भनेर फ्याक्ट चेकका लागि पनि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरेको उनले आज शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत बताएका छन् ।
आचारसंहिता कार्यान्वयनका लागि आयोगमा कार्यदल नै बनाएर काम भएको उनको भनाइ छ ।
