९ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र ढङ्गले मर्यादित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा सो विषय गरिएको उल्लेख छ ।
विज्ञप्ति मार्फत निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल,उम्मेदवार,सरकारी निकाय,सुरक्षाकर्मी,सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता पालना गर्न आह्वान गरिएको छ ।
स्वच्छ,निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो।अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी,सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ। जारी विज्ञप्तिमा भनिएको छ ।
सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार,तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मतदातालाई पनि कुनै पनि किसिमको प्रलोभन,दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध समेत गरिएको छ।
मनोनयन क्रममा देखिएको उत्साह प्रशसंनीय रहेको पनि जनाइएको छ।
