Wednesday, June 3

पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् ।

केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता जनाउँदै उनले आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले उल्लेख गरेका छन्, । ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ सभापति थापाले थपेका छन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले आज शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए ।

शुक्रबारको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरिसकेको छ । विभिन्न ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उप–सभापति विश्वप्रकाश शर्माले बताएका छन्।

उप–सभापति शर्माका अनुसार व्यक्तिको पृष्ठभूमि, संस्कार,योगदान, योग्यता र भिजन गरि ५ मापदण्ड तय गरिएको छ ।बैठकअघि उनीसहित पदाधिकारीहरूले पनि पदभार ग्रहण गरेका थिए ।