Monday, September 14

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो,पहाडी तथा हिमाली भागमा मुख्यतया सफा

हाल देशमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

उता आज राति पनि तराईका भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ।देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।