Friday, July 31

#

काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

#
१२ माघ,काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान )अन्तर्गतका १४ वटा रोटरी क्लबद्वरा काठमाडौंमा आयोजित ‘रोटरी हाट बजार’ सफलतापूर्वक सम्पन्न भएको छ। यहि माघ १० र ११ गते काठमाडौंको थापाथली स्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय परिसरमा दुई दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न उक्त हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला,खाद्य परिकार,फेसन सामग्री र लत्ता कपडाहरु तथा सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण  गरिएको थियो। साथै उक्त हाट बजारमा काठमाडौंको सामाखुशी स्थित कान्तीपुर डेन्टल अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरिएको थियो । यसका साथै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम र विभिन्न किसिमका इन्डोर गेमहरु पनि हाट बजारमा राखीएको रोटरी क्लब अफ काठमाडौंका यस वर्षका प्रेसिडेन्ट राजेन्द्र गौतमले जानकारी दिए ।...

सुनको भाउ अहिलेसम्मकै उच्च,तोलाको ३ लाख भन्दा बढी

#
१२ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै सर्वाधिक उच्च भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि बढेको छ ।आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।  ...

हलेसी तुवाचुङका १३ जना महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया

#, कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ माघ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा १८ जनालाई गाडी रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको सफल शल्यक्रिया भएको हो । अस्पताल जाने÷आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन सुविधायुक्त अस्पताल लगिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ जना महिलाको सफल शल्यक्रिया भएको छ” उहाँले भन्नुभयो, “चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर...

मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष : धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

#
१२ माघ,काठमाडौंं। मिथ्या सूचनाविरुद्ध आयोजित  काठमाडौं सम्मेलन सम्पन्न भएको छ । मानिसहरुमा मिडिया साक्षरताको कमिका कारण मिथ्या सूचना बढिरहेको सम्मेलनको निष्कर्ष छ । साथै सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन हल्लाको पछि नलागेर सत्य तथ्यलाई आधार मानेर सूचना तथा सूचना जन्य समाचार सामाग्रीहरु मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर(नेपाल) ले काठमाडौंमा आयोजना गरेको सो सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको सहज पहुँचले मिथ्या सूचनाको बाढी नै आएको र यसलाई रोक्नु पर्ने आवश्यकता औंल्याएका छन्। मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै उनीहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नु सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता पनि औल्याएका छ...

आजको मौसम : मुख्यतया सफा रहने

#
१२ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरोको सम्भावना रहेको माहाशाखाको भनाई छ । उता दिउँसो पनि देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  ...

‘शान्ति,सुरक्षा र प्रतिबद्धता’सहित सशस्त्र प्रहरी बलले मनायो रजत महोत्सव

#
१२ माघ,काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यहि माघ ९ गते शुक्रबार आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ। ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ,धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।...

नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

#
१२ माघ ,काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा,सुरक्षा,सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साउदीको रियादमा साधारण श्रमिक  (General Workers)  को सुरक्षित,व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।...

बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

#
११ माघ,काठमाडौं ।बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण सुरु भएको छ। नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसमार्फत नगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याई व्यवस्थित गर्ने तथा शेयर सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। सहकारी समन्वय समितिको संयोजनमा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।  ...

कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘स्टार्टअप’अनुदान

#
११,माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सहयोग गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिने भएको हो । । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको जनाइएको छ । विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन् । विद्यार्थीले आफ्नो समूहका साझा सोच र धारणासहित पेस गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको पनि उनले ब...

राष्ट्रिय सभामा चुनिए १८ नयाँ सांसद

#
११ माघ,काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन्।जसमा नयाँ र अनुभवी तथा युवासहित समावेशी अनुहार रहेका छन् । आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आज आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन्। ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन्। कहाँ को भए निर्वाचित ? कोशी प्रदेश १) सुनिलबहादुर थापा निर्विरोध निर्वाचित,नेपाली कांग्रेस २) रोशनी मेचे, नेकपा एमाल...