Wednesday, June 3

नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

१२ माघ ,काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा,सुरक्षा,सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

साउदीको रियादमा साधारण श्रमिक  (General Workers)  को सुरक्षित,व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।