Wednesday, June 3

बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

११ माघ,काठमाडौं ।बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण सुरु भएको छ।


नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यसमार्फत नगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याई व्यवस्थित गर्ने तथा शेयर सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

सहकारी समन्वय समितिको संयोजनमा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।