१२ माघ,काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यहि माघ ९ गते शुक्रबार आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ।
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ,धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।
