Wednesday, June 3

आजको मौसम : मुख्यतया सफा रहने

१२ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरोको सम्भावना रहेको माहाशाखाको भनाई छ ।

उता दिउँसो पनि देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।