११ माघ,काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन्।जसमा नयाँ र अनुभवी तथा युवासहित समावेशी अनुहार रहेका छन् ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आज आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन्।
७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन्।
कहाँ को भए निर्वाचित ?
कोशी प्रदेश
१) सुनिलबहादुर थापा निर्विरोध निर्वाचित,नेपाली कांग्रेस
२) रोशनी मेचे, नेकपा एमाले
३) सोमनाथ पोर्तेल, नेकपा एमाले
मधेश प्रदेश
१) धमेन्द्र पासवान, नेपाली कांग्रेस
२) रञ्जित कर्ण, नेपाली कांग्रेस
३) महन्थ ठाकुर, लोसपा
४) रेखाकुमारी झा,नेकपा एमाले
बागमती प्रदेश
१) गीता देवकोटा, नेपाली कांग्रेस
२) प्रेमप्रसाद दंगाल,नेकपा एमाले
गण्डकी प्रदेश
१) सम्झना देवकोटा, नेकपा एमाले
२) जगत तिमिल्सिना, नेपाली कांग्रेस
लुम्बिनी प्रदेश
१) बासुदेव जंगली, नेपाली कांग्रेस
२) चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३) रामकुमारी झाक्री, नेकपा एमाले
कर्णाली प्रदेश
१) ललितजंग शाही, नेपाली कांग्रेस
२) मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
१) लीलाकुमारी भण्डारी, नेकपा एमाले
२)खम्मबहादुर खाती, नेपाली कांग्रेस
