रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन
खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।
जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरुमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की र कोषाध्यक्षमा टीका खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित राप्रपा खोटाङको तेस्रो जिल्ला अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।
जिल्ला कार्यसमितिको पुस–२२ र २३ गते भएको जिल्ला अधिवेशनले दुईवटै क्षेत्रको क्षेत्रीय समितिसमेत चयन गरिएको राप्रपा खोटाङले जनाएको छ । क्षेत्र नं. १ (क)मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय तथा क्षे...
