२२ पुस,काठमाडौं ।नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।
आज मंगलबार बसेको पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् ।
शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए ।
एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका शाही सामुदायिक रेडियो विश्व संगठनको सह–अध्यक्ष हुन् ।
