२३ पुस,काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा भने हुस्सु लागेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
उता राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु रहने र पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
