Wednesday, June 3

एमाले लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

२२ पुस, काठमाडौं । नेकपा एमालेले लुम्बिनीको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिएको छ ।

अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा थिइन् ।आगामी निर्वाचनसम्मका लागि प्रदेश संयोजन गर्ने जिम्मेवारी पनि उनलाई नै दिइएको एमालेले जनाएको छ ।

यसअघि इन्चार्ज रहेका नेता केन्द्रीय सदस्य नभएको ठाउँमा नयाँलाई जिम्मा दिएर केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

साबिककै जिल्ला इन्चार्जहरू निर्वाचित भएको ठाउँमा चुनावसम्म उनीहरूले नै संयोजन गर्ने एमालेले जनाएको छ ।