Wednesday, July 29

Author: News हेर्नुस्

भोजपुरमा नेपाली सेना चढेको गाडी दुर्घटना : २४ जना घाइते, ९ को अवस्था गम्भीर

भोजपुरमा नेपाली सेना चढेको गाडी दुर्घटना : २४ जना घाइते, ९ को अवस्था गम्भीर

ब्यानर समाचार
भोजपुर । भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका ४ दावाँस्थित सेती बगरमा दुर्घटना भएको हो । २६ जना सवार उक्त बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । घाइते २४ मध्ये ९ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ । अन्यको भोजपुर अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।...
रहमानको मन्त्रिपरिषद् घोषणा

रहमानको मन्त्रिपरिषद् घोषणा

विदेश/प्रवास
भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गर्नुभएको छ । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएका रहमानले मङ्गलबार पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् सार्वजनिक गर्नुभएको हो । मङ्गलबार राति राजपत्रमार्फत जारी सूचीअनुसार ७६ वर्षीय अमिर खसरु महमुद चौधरीलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्व वाणिज्य मन्त्री तथा अनुभवी सांसद रहनुभएका चौधरी व्यापारी पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ । महिनौँको राजनीतिक अस्थिरतापछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातक राष्ट्रका रूपमा चिनिएको बङ्गलादेशमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने दायित्व उहाँलाई सुम्पिएको छ ...
निर्वाचन प्रयोगमा भारतबाट आए ५३८ कहाँ कहाँ गरियो वितरण ?

निर्वाचन प्रयोगमा भारतबाट आए ५३८ कहाँ कहाँ गरियो वितरण ?

ब्यानर समाचार
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले दिने भनेको ५३८ वटा गाडी नेपाल आइपुगेका छन् । भारत सरकारले निर्वाचन प्रयोजनार्थ नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गर्ने भनिएका उक्त ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताएका छन् । फागुन २१ गते हुँदै गरेको निर्वाचन प्रयोजनार्थ भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको गृह मन्त्रालका अधिकारीहरुले बताएका छन् । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा गाडी आगजनी भएका जिल्ला प्रशासनहरूलाई धेरै सङ्ख्यामा गाडी दिइएको छ । भारतबाट जम्मा ५३८ गाडी आए पनि तीमध्य सरकारले निर्वाचन आयोगलाई ८७ वटा गाडी मात्र निर्वाचन प्रयोजनको लागि दिएको छ । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप गाडीहरू नेपाल आएको हो । तीमध्ये सरकारले सुरक्षा नि...
अवतरणका क्रममा प्राविधिक समस्या भएपछि टर्किस जहाज ढाका ‘डाइभर्ट’

अवतरणका क्रममा प्राविधिक समस्या भएपछि टर्किस जहाज ढाका ‘डाइभर्ट’

ब्यानर समाचार
काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका डाइभर्ट गरिएको छ । प्राविधिक समस्या विमानस्थलमा नभई टर्किस जहाजमै भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो । ‘‘जहाजको चालकदलले काठमाडौंमा अवतरण नगर्ने भनेपछि जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको हो । तालिका अनुसार टर्किसको ए३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल अवतरण गरिनु पथ्र्यो । जहाज १०ः५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो । टर्किसको उक्त जहाज अहिले बंगलादेशका ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।...
तुम्लिङटार विमानस्थल आजदेखि सञ्चालनमा

तुम्लिङटार विमानस्थल आजदेखि सञ्चालनमा

समाचार/विश्लेषण
सङ्खुवासभा । प्रतिकूल मौसमका कारण उडान भर्न नसकेर १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि पुन: सुचारु भएको छ । मौसम अनुकूल भएपछि सोमबार काठमाडौँ उडान भएको छ । काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालनमा आएको नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ । १० दिनदेखि तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।...
भारतले पशुपतिनाथ–वैद्यनाथधाम जोड्न हाई–स्पिड करिडोर बनाउने,  ८२ अर्ब ६० करोड भारु विनियोजन

भारतले पशुपतिनाथ–वैद्यनाथधाम जोड्न हाई–स्पिड करिडोर बनाउने, ८२ अर्ब ६० करोड भारु विनियोजन

ब्यानर समाचार
काठमाडौं । भारत सरकारले पशुपतिनाथ–बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो । उक्त सडक निर्माणका लागि भारत सरकारले विहारको बजेटमा रु. ८२ अर्ब ६० करोड भारु विनियोजन गरिसकेको छ । विहारको २०२६/२७ को उक्त रकम विनियोजन गरेको जानकारी बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएका हुन् । भारतीय केन्द्र सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन समेत दिइसकेको छ । प्रस्तावित करिडोर पशुपतिनाथ(वैद्यनाथ हाई(स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ र भीमनगर, वीरपुरहुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ,’ मन्त्री जैसवालले भने, ‘त्यसपछि मधेपुरा...
चितवन–२ का मतदाताले गरे रविलाई प्रश्न, जेलबाट कैदी निकाल्ने कार्यको नेतृत्व तपाईँले गरेको हो ?

चितवन–२ का मतदाताले गरे रविलाई प्रश्न, जेलबाट कैदी निकाल्ने कार्यको नेतृत्व तपाईँले गरेको हो ?

ब्यानर समाचार
काठमाडौं । चुनावी घरदैलो अभियानका क्रममा चितवन– २ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई त्यहाँका मतदाताले गत भदौ २४ गते जेलबाट निस्किएको विषयलाई लिएर प्रश्न गरेका छन् । चितवनका एक मतदाताले लामिछानेलाई जेलबाट कैदीबन्दी निकाल्न तपाईँले नै नेतृत्व गर्नुभएको हो ? भन्ने गरे । यसको जवाफमा उनले जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? भन्दै प्रतिप्रश्न गरेका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका रास्वपाका पार्टी अध्यक्ष रवि लामिछाने गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा निस्किएका थिए । घरदैलो कार्यक्रममा सोमबार चितवन–२ पुगेका लामिछानेलाई त्याँका एक मतदाताले प्रश्न गरे, ‘जेनजी आन्दोलनका क्रममा धेरै कैदीबन्दीहरू जेलबाट निस्किए । तपाईं पनि निस्किनुभयो । तपाईँले नै कैदी निकाल्ने कार्यको नेतृत्व गर्नुभएको भन्ने चर्चा छ...
चितवन ३ को कार्यालय चनौलीमा खुल्ने

चितवन ३ को कार्यालय चनौलीमा खुल्ने

समाचार/विश्लेषण
चितवन ३ को कार्यालय चनौलीमा खुल्ने चितवन÷नेपाली काङ्ग्रेसले चितवन क्षेत्र नं. ३ को प्रचार प्रसार कार्यालय चनौलीमा खोल्दैछ । निर्वाचन आयोगले भोलिदेखि प्रचारप्रसारलाई खुला गरेको छ । सोही दिन कार्यालय खोल्न लागेको क्षेत्रीय सचिव तुलाराम गुरुङले जानकारी गराउनु भयो । कार्यालय उद्घाटनमा आमनिर्वाचन २०८२ मा चितवन ३ का काङ्ग्रेसका प्रत्याशी टेकप्रसाद गुरुङ लगायतको सो क्षेत्रका काङ्ग्रेस समर्थकहरुको व्यापक उपस्थिति रहने छ ।...