Wednesday, June 3

तुम्लिङटार विमानस्थल आजदेखि सञ्चालनमा

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण उडान भर्न नसकेर १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि पुन: सुचारु भएको छ । मौसम अनुकूल भएपछि सोमबार काठमाडौँ उडान भएको छ ।

काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालनमा आएको नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ । १० दिनदेखि तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।