
काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका डाइभर्ट गरिएको छ ।
प्राविधिक समस्या विमानस्थलमा नभई टर्किस जहाजमै भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो ।
‘‘जहाजको चालकदलले काठमाडौंमा अवतरण नगर्ने भनेपछि जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको हो । तालिका अनुसार टर्किसको ए३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल अवतरण गरिनु पथ्र्यो । जहाज १०ः५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो ।
टर्किसको उक्त जहाज अहिले बंगलादेशका ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।
