Thursday, July 30

निर्वाचन प्रयोगमा भारतबाट आए ५३८ कहाँ कहाँ गरियो वितरण ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले दिने भनेको ५३८ वटा गाडी नेपाल आइपुगेका छन् । भारत सरकारले निर्वाचन प्रयोजनार्थ नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गर्ने भनिएका उक्त ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताएका छन् ।

फागुन २१ गते हुँदै गरेको निर्वाचन प्रयोजनार्थ भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको गृह मन्त्रालका अधिकारीहरुले बताएका छन् । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा गाडी आगजनी भएका जिल्ला प्रशासनहरूलाई धेरै सङ्ख्यामा गाडी दिइएको छ ।

भारतबाट जम्मा ५३८ गाडी आए पनि तीमध्य सरकारले निर्वाचन आयोगलाई ८७ वटा गाडी मात्र निर्वाचन प्रयोजनको लागि दिएको छ । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप गाडीहरू नेपाल आएको हो ।

तीमध्ये सरकारले सुरक्षा निकायलाई २९८ वटा गाडी प्रदान गरिएको छ । भारतबाट आएको अन्य १९५ वटा गाडी गृह मन्त्रालयले प्रहरी प्रदान कार्यालयलाई उपलब्ध गराएको छ । ती गाडीहरू काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटमा, सशस्त्र प्रहरी बललाई ९३ वटा र राष्ट्रिय अनुसन्धान विभागलाई १० वटा गाडी प्रदान गरिएको छ । गृह मन्त्रालयले ईलाका प्रशासन कार्यालय, कारागार कार्यालयहरू र जिल्ला प्रशासन कार्यालयलाई गाडी उपलब्ध गराएको छ ।

यस्तै, निर्वाचनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रिया अघि बढाएका छन् । प्रहरीले खरिद गरेको १० वटा इलेक्ट्रिक गाडी आइपुगेको छ । अरू ७५ वटा गाडी पनि निर्वाचन अघि नै आइपुग्ने डीआईजी काफ्लेले बताए । थप १ सय वटा गाडी खरिद गर्न प्रहरीले टेण्डर प्रक्रिया अघि बढाएको छ ।