Tuesday, July 28

भारतले पशुपतिनाथ–वैद्यनाथधाम जोड्न हाई–स्पिड करिडोर बनाउने, ८२ अर्ब ६० करोड भारु विनियोजन

काठमाडौं । भारत सरकारले पशुपतिनाथ–बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो ।

उक्त सडक निर्माणका लागि भारत सरकारले विहारको बजेटमा रु. ८२ अर्ब ६० करोड भारु विनियोजन गरिसकेको छ । विहारको २०२६/२७ को उक्त रकम विनियोजन गरेको जानकारी बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएका हुन् ।

भारतीय केन्द्र सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन समेत दिइसकेको छ ।

प्रस्तावित करिडोर पशुपतिनाथ(वैद्यनाथ हाई(स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ र भीमनगर, वीरपुरहुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ,’ मन्त्री जैसवालले भने, ‘त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्नेछ ।’