
भोजपुर । भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका ४ दावाँस्थित सेती बगरमा दुर्घटना भएको हो ।
२६ जना सवार उक्त बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
घाइते २४ मध्ये ९ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ । अन्यको भोजपुर अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।
