
चितवन ३ को कार्यालय चनौलीमा खुल्ने
चितवन÷नेपाली काङ्ग्रेसले चितवन क्षेत्र नं. ३ को प्रचार प्रसार कार्यालय चनौलीमा खोल्दैछ । निर्वाचन आयोगले भोलिदेखि प्रचारप्रसारलाई खुला गरेको छ । सोही दिन कार्यालय खोल्न लागेको क्षेत्रीय सचिव तुलाराम गुरुङले जानकारी गराउनु भयो । कार्यालय उद्घाटनमा आमनिर्वाचन २०८२ मा चितवन ३ का काङ्ग्रेसका प्रत्याशी टेकप्रसाद गुरुङ लगायतको सो क्षेत्रका काङ्ग्रेस समर्थकहरुको व्यापक उपस्थिति रहने छ ।
