Wednesday, June 3

Author: News हेर्नुस्

आजको मौसम : हिमाली भू‍–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

#
१९ माघ,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ। आज तराई भू–भागका केही स्थानमा हुस्सुरकुहिरो रहिरहनेछ। देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ। देशका हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...

घट्यो प्याजको भाउ घट्यो

#
१८ माघ, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो । एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । यसअघि प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ । अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको भाउ घटबढ हुँदा नेपाली बजारमा पनि भाउ घटबढ हुने गर्दछ ।...

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

#
१८ माघ,धनगढी ।कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव सड्न लागेको अवस्थामा भएकाले पहिचान हुन सकेको छैन ।शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग हतियार सापटी

#
१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ । यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको कार्यालयको भनाइ छ ।  ...

गोसाइँकुण्डमा तालको सतहमा बरफ जम्यो : सावधानी अपनाउन आग्रह

#
१८ माघ,रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ। बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ। पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो। तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना,निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ। साथै मौसमको प्रतिकूलता हेरी साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि त्यहाँको सुरक्षा निकायले अनुरोध गरेको छ। ...

निर्वाचनमा वडातहसम्म समन्वय गर्न गृहमन्त्रीको निर्देशन

#
१८माघ,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् । शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका हुन् । स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा,२०८२’ लाई कार्यान्वयन गर्न उनले निर्देशन दिए। अवधारणा अनुसार स्थानीय तहका वडाध्यक्ष एवम् वडास्तरमा रहेका राजनीतिक दलमा आवद्ध पदाधिकारी,व्यक्ति, स्थानीय प्रबुद्ध व्यक्ति एवं आम मतदाताबाट सहयोग लिने उल्लेख छ । गृहसचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता आनन्...

सुनको मूल्यमा उच्च गिरावट,कति भयो तोलाको ?

#
१८ माघ,काठमाडौं ।नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।शुक्रबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको  थियो । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।...

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

#
१८ माघ, । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो । महानगरका अनुसार बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने र त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। त्यसैगरी, बबरमहलको धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने भएको छ। आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको महानगरको भनाई छ ।...

स्वस्थानी व्रत कथा समापन गरिँदै

#
१८ माघ,काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यस दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिएको थियो। विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी,१०८ पान,१०८,  १०८ फलफूल,१०८ अक्षता विभिन्न थरिका फूल,धुप,बत्ती,नैवेद्य,श्रीखण्ड,रक्तचन्दन,सिन्दूर, वस्त्र,भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिन्छन् र चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई,पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित ...

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

#
१८माघ, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र ...