१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ ।
यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको कार्यालयको भनाइ छ ।
