Wednesday, June 3

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

१८ माघ,धनगढी ।कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

शव सड्न लागेको अवस्थामा भएकाले पहिचान हुन सकेको छैन ।शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।