Wednesday, July 29

गोसाइँकुण्डमा तालको सतहमा बरफ जम्यो : सावधानी अपनाउन आग्रह

१८ माघ,रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ।

बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ।

पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो।

तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना,निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।

साथै मौसमको प्रतिकूलता हेरी साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि त्यहाँको सुरक्षा निकायले अनुरोध गरेको छ।