१९ माघ,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ।
आज तराई भू–भागका केही स्थानमा हुस्सुरकुहिरो रहिरहनेछ। देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ।
देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
