१८ माघ, । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ ।
डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।
महानगरका अनुसार बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने र त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।
त्यसैगरी, बबरमहलको धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने भएको छ।
आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको महानगरको भनाई छ ।
