Saturday, August 1

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु

#
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधान विपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय सदस्यहरू रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाई, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे सहभागी छन् ।त्यस्तै, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बालकृष्ण खाण, गुरु बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय सदस...

म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरुको लर्काे

#
२५ पुस, काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरु फारम भर्न लाइन लागेका छन् । भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको हो । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।  ...

एमालेले जारी गरेको अपानिमा के छ ?

#
२५ पुस,काठमाडौं ।नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ।‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ एमालेद्धारा जारी अपानिमा भनिएको छ । चुनावमा नेतृत्वले खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ। ‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ । केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने एमालेको भनाई छ । जानकारी दिइएको छ । एमालेले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेताकार्यकर्ताहरूलाई ...

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच झन्डै ४ घण्टा छलफल

#
२५ पुस,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच झन्डै ४ घण्टासम्म छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको थियो ।  भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको र त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत ओलीले चासो राखेका पनि बताइएको छ ।भेटवार्तामा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका र जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले एमाले निर्वाचन केन...

बाबु–आमाको ठेगान नभएकाहरुले पनि नागरिकता पाउने नयाँ प्रावधान

#
२५ पुस,काठमाडौं । सरकारले नेपाल नागरिकता ऐन,२०६३ लाई कार्यान्वयन गर्न ‘नेपाल नागरिकता (चौथो संशोधन)नियमावली,२०८२’ जारी गरेको छ । गृह मन्त्रालयले संशोधन गरेको राजपत्रमा प्रकाशित नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेका सन्तान, नेपालमा फेला परेका अनाथ बालबालिका र गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको प्रक्रियालाई थप स्पष्ट र सरल बनाएको छ । विशेषगरी एकल महिलाका सन्तान र राज्यको संरक्षणमा रहेका बालबालिकाको ‘पहिचानको हक’ लाई कानुनी रूपमै यो नियमावलीले सुरक्षित गरेको छ ।यसमा बाबुको पहिचान नभएको अवस्थामा आमा र सन्तान दुवैले अनुसूची बमोजिमको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।यो नै यसको प्रमुख विषेशता हो । यसमा बालबालिकाको पहिचानका लागि १६ वर्षसम्म मान्य हुने ‘नाबालक परिचयपत्र’को सुरुवात गरिएको छ । संरक्षणमा रहेका बालबालिकालाई संरक्षकको विवरणका आधारमा नागरिकता दिइने व्यवस्था गरिएको छ ।...

बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

#
 मनिषा गुरुङ २४ पुस,काठमाडौं । शिक्षा सुधारका लागि प्रतिबद्धता,शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा गर्दै बुढानीलकण्ठ नगरपालिकाले बुधबार नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको बताए।सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गरि गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता अनिवार्य रहेको उनको तर्क थियो। मेयर अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नभइकन विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने भन्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति,स्रोत तथा सााधनका साथमा उचित वातावरण तयार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। कार्यक्रममा उप–मेयर अनिता लामाले शिक्षामा समान पहुँच,शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थानीय तहबाट ...

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु,पहाडी तथा हिमाली भू–भागमा मुख्यतया सफा रहने

#
२४ पुस,काठमाडौं ।देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ। उता आज राति पनि तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  ...

कुलमानले दिए मन्त्री पदबाट राजीनामा,राजनीतिक यात्रा तय

#
२४ पुस,काठमाडौं ।ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन्। प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका थिए ।अब आफू खुला रुपमा राजनीतिमा लाग्ने उनको भनाई छ । उनले भने, ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,।’ ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ राजीनामापश्चातको पत्रकार सम्मेलन मार्फत उनले भने। घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको एका छन् ।  राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्...
सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

सौन्दर्यकरणका लागि दिक्तेल बजारमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् । दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा लल...

पातलो प्लास्टिक झोला उत्पादन गर्ने र बेच्ने ४ उद्योगलाई जरिबाना

#
२३ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि बजारमा यसको प्रयोग नरोकिएपछि विभागले उद्योगमै पुगेर अनुगमन थालेको छ । विभागले गरेको निरीक्षणका क्रममा ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० ९क० र दफा ३८ ९ङ० बमोजिमको कसुर गरेको ठहर भएको थियो ।कारबाहीमा पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेका प्रज्ञा प्लास्टिक उद्योग र श्री विन्दवासिनी प्लास्टिक उद्योग रहेका छन् । यी दुवै उद्योगलाई विभागले जनही २ लाख रुपैयाँ...