Wednesday, June 3

एमालेले जारी गरेको अपानिमा के छ ?

२५ पुस,काठमाडौं ।नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ।‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ एमालेद्धारा जारी अपानिमा भनिएको छ ।

चुनावमा नेतृत्वले खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ।

‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ ।

केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने एमालेको भनाई छ । जानकारी दिइएको छ ।

एमालेले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेताकार्यकर्ताहरूलाई आन्दोलन र निर्वाचन दुवै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएको छ।

अध्यक्ष ओलीद्वारा जारी सो अपानीमार्फत एमालेले भदौ २३ र २४ गतेका घटनापछि पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार र घेराबन्दी भएको र ती चुनौतीहरूलाई चिर्दै अघि बढ्ने संकल्प गरेको जनाएको छ।

आफ्नो पहलकदमीकै कारण मुलुकमा लोकतान्त्रिक परिवेश फराकिलो बन्दै गएकोसमेत दाबी गरेको छ । प्रतिगमनलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना नै सबैभन्दा उपयुक्त र सुरक्षित बाटो भएको एमालेले दोहोर्‍याएको छ।

‘तर, चुनाव भएको अवस्थामा चुनावबाट अलग्गिने कुरा उपयुक्त हुँदैन’, अपानीमा भनिएको छ, ‘यस्तो अवस्थामा आन्दोलन वा चुनाव जुन दिशातिर जानुपरे पनि पार्टी पंक्ति तयार रहनुपर्छ ।’ एमालेको सो अपानीमा उल्लेख छ । 

लोकतान्त्रिक शक्तिहरू सक्रिय हुन थालेपछि भदाै २३-२४ का विध्वंस पक्षधर एक ठाउँमा उभिन बाध्य भएको एमालेको विश्लेषण छ ।

चुनावबाट भदौ २३ र २४ गतेको विध्वंसलाई वैधानिकता दिने योजना कमजोर बन्दै गएको एमालेकाे दाबी छ ।तर, चुनावमा आफू अनुकूल परिणाम नआउने देखेपछि विरोधी शक्तिहरूले निर्वाचन नै बिथोल्न सक्ने वा नयाँ शिराबाट परिस्थिति भड्काउन सक्ने खतरा अझै  आशंका रहेको पनि एमालेद्धारा जारी अपानीमा उल्लेख छ ।