Wednesday, June 3

म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरुको लर्काे

२५ पुस, काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरु फारम भर्न लाइन लागेका छन् ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको हो ।

यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।