Thursday, July 30

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु,पहाडी तथा हिमाली भू–भागमा मुख्यतया सफा रहने

२४ पुस,काठमाडौं ।देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

उता आज राति पनि तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।