Friday, July 31

#

मट्टितेल र डिजेलको मूल्य बढ्यो

#
१७ माघ,काठमाडौं ।नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।  ...

कांग्रेसमा अब गुट छैन,यो ध्वंस गर्ने पार्टी पनि होइन : सभापति थापा

#
१६ माघ,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट उप—गुट नरहेको जिकिर गरेका छन् ।धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस प्रकारको जिकिर गरेका हुन् । उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको हुँनाले मधेसले पूर्ण विश्वास गर्ने र कांग्रेसको एकलौटी सरकार बन्ने दाबी गरे। उनले भने,‘पार्टी भित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन।कसैले एउटा कुरा पनि नराखीकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन,हामी फरक ढङ्गले आएका छौँ,फरक सोचका साथमा आएका छौँ। त्यसैले पार्टीको उम्मेदवारको,कांग्रेसको कार्यकर्ता भएर ‘गाछी’ चिन्ह लिएर उम्मेदवार आइसके पछाडि,मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्ने कुरा अब गौण भयो। त्यसको कुनै पनि अर्थ छैन । पछि बसौँला,छलफल गरौँला।’ उनले भोलि कुनै पार्टीका नेताहरूले असहयोग गरेको कतै सुन्नु नपर्ने अवस्था ल्याउन आग्रह गरे।  ‘हामी ध्वंस गर...

अर्थ मन्त्रालयको बजेट खर्च निकै कम

#
१६ माघ,काठमाडौं ।अर्थ मन्त्रालयको बजेट निकै कम देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन्।जुन अघिल्लो  तुलनामा कम हो। गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो। मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ।यसमा पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ। यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ। यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको तथ्यांक छ । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ ।आर्थिक पुनरुत्थान,राहत...

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

#
१६ माघ,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ। एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता,विकास योजना,सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिने उक्त सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि,प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।  ...

बुढीगण्डकी आयोजना अगाडि बढाऔं,निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

#
 १६ माघ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सव उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपालभरिका उद्यमी,व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यसमा स्रोतको कमी भए निजी क्षेत्रका तर्फबाट यस कम्पनी मार्फत लगानी गर्न आफूहरू तयार रहेको समेत स्पष्ट पारे उनले खनिज,कृषि तथा अन्य कुनै पनि उद्यम,व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको पनि जिकिर गरे ।निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा,तोकिएको गुणस्तर र तोकिएकै बजेट एवम् ...

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

#
१६ माघ,काठमाडौं ।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर तिर सडक छेउमा पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२÷००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । दुर्घटनालगत्तै पुगेको प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको बताएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना,पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना,नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ ।...

आज सहिद दिवस,विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाइँदै

#
१६ माघ, काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरुले मृत्युदण...

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

#
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोटलागेको थियो ।केही दिनको सामान्य उपचार गर्दा निको नभएपछि उनी टिचिङ अस्पताल पुगेको थिए। ...

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

#
१५ माघ,काठमाडौं ।निर्वाचन पूर्व निर्वाचनको समय र निर्वाचनपश्चात आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ।  १३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारी रुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु निर्देशन जारी गरेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूलाई आचारसंहिता उल्लघंनको कसुरमा निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधिरहेको छ। ...

मधेश प्रदेशमा १८ माघमा सार्वजनिक बिदा

#
१५ माघ,जनकपुर।मधेश प्रदेश सरकारले १८ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार गृह,सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार विज्ञप्ती जारी गर्दै १८ माघमा सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएका हुन् । १६ मंसिरको मन्त्रिपरिषद् निर्णयानुसार १८ माघमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ। मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा छ।...