Wednesday, June 3

अर्थ मन्त्रालयको बजेट खर्च निकै कम

१६ माघ,काठमाडौं ।अर्थ मन्त्रालयको बजेट निकै कम देखिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन्।जुन अघिल्लो  तुलनामा कम हो।

गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो। मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ।यसमा पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ।

यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ।

यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको तथ्यांक छ । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ ।आर्थिक पुनरुत्थान,राहत तथा सहुलियत कार्यक्रमको खर्च शून्य देखिन्छ।